सुरु भयो दशौं नेपाल भर्चुअल एजु फेयर

Advertisement

काठमाडौं । नेपाल भर्चुअल एजुकेशन प्रालिले विगतमा जस्तै यस वर्ष पनि आजबाट नेपाल भर्चुअल एजु फेयर सुरु गरेको छ । स्नातक तहका व्यवस्थापन आई टी, इन्जिनियरिङ लगायतका विभिन्न विभागका प्रोग्रामहरु संचालन गरेका कलेजहरूले भर्चुअल  एजु फेयरमार्फत आफ्नो कलेजको प्रमोसन गर्ने अवसर पाएका छन् ।

त्यस्तै, स्नातक तहमा पढ्ने तयारी गरेका प्लस टु पास भएका विद्यार्थीहरूले पढ्ने विषय र कलेजका बारेमा घरबाटै जानकारी दिन पाउने भएका छन् ।

Advertisement

साथै, नेपाल एजु फेयरमा रजिस्ट्रेशन भएका विद्यार्थीहरूले विभिन्न कलेजहरूमा पूर्ण र आंशिक दुवै खालको छात्रवृत्ति समेत प्राप्त गर्न सक्ने अवसर रहेको कुरा नेपाल भर्चुअल एजु फेयर संचालकका एकेडेमिक हेड राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

उनले विगतका वर्षहरूमा आर्थिक रूपमा विपन्न तर पढाइमा राम्रो गरेका जेहन्दार अनि विभिन्न क्षेत्र, जात र समुदायका सयौं विद्यार्थीहरूले एजु फेयरको सहयोगवाट छात्र वृत्ति पाइरहेको पनि स्मरण गराएका छन् ।


 

Advertisement

Advertisement