व्यवसायी राजेशबाबु  श्रेष्ठ एसियन बडिबिल्डिङको उपाध्यक्षमा चयन

Advertisement

काठमाडौं । मनकामना केबलकारका सञ्‍चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन भएका छन् । 

काठमाडौंमा सम्पन्‍न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्‍न ओहदामा चयन गरेको हो ।

Advertisement

इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष श्रेष्ठलाई फेडेरेसनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेसन उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनित गरेको हो । 

सबै निर्वाचितहरुको कार्यावधि ४ वर्षको हुनेछ ।
 

Advertisement

Advertisement