काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आईतबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा आईपीओ बाँडफाँट गरिने भएको हो । समय भने हालसम्म निर्धारण गरिएको छैन ।
कम्पनीको आईपीओका लागि ९ लाख ८० हजार ५३ जनाले २ अर्ब २० करोड ३२ लाख ३७ हजार ९ सय ८० रुपियाँ बराबरको १ करोड ६ लाख ९५ हजार ३ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता आईपीओ बिक्री गर्न लागेको हो । अंकित मूल्य १०० रुपियाँमा १०६ रुपियाँ प्रिमियम थपेर प्रतिकित्ता रु. २०६ मा आईपीओ बिक्री गर्न लागेको हो ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख २० हजार ५ सय ३२ जनाले १०–१० कित्ता पाउने छन् ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ बिक्री गरिसकेको छ ।
कम्पनीले मकवानपुरको इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको जनाएको छ ।