पोखराबाट दोस्रो पटक चार्टर उडान, भुटानको ड्रुक एयरबाट ४२ यात्रु थिम्पु गए

Advertisement

काठमाडौं । पोखरा विमानस्थलबाट पुनःअन्तर्राष्ट्रिय उडान भएको छ । शनिवार बिहान पहिलोपटक भुटानको ड्रुक एयरले व्यवसायिक उडान भरेको हो । 

भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिवार बिहान पौने ७ बजे पोखरा ओर्लिएको ड्रुकले ४२ युरोपेली पर्यटक बोकेर आज बिहान सवा ८ बजे थिम्पु फर्किएको हो । भारत, नेपाल र भूटान घुम्ने गरी आएका युरोपेली पर्यटक ड्रुक एअर चार्टर गरी थिम्पु गएका हुन् । 

Advertisement

पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एअरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरेका थिए । पर्यटकलाई स्वागत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारकर्मीहरुसँग कुरा गर्दै गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापाले भारतसँगको रुटबारे केही समस्या भएकाले छलफल भइरहेको बताए । 

उनले भारतसँग कुरा मिलेपछि चाँडै नै विमानस्थलबाट उडान शुरु हुने बताए । थापाले भने, ‘यो एयरपोर्ट कसरी सञ्चालन गर्न सकिन्छ ? त्यो विषयमा हामी नेपाल सरकारसँग के गर्दा चलाउन सकिन्छ भनेर छलफल गरिरहेका छाँै । हामीले केही विषय उठाएका छौँ । एयरपोर्ट निर्माण गरिदिनुभयो, लगानी रिटर्न गर्न पनि धेरै समस्या छन्, त्यसलाई बुझेर फ्लाइट गर्न आग्रह गरेका छौँ । चीनले सहयोग गर्दा दक्षिणतिर केही नमिलेको हो की यी कुरा मिलाएर जानुपर्छ । पर्यटनसँग सम्बन्धित गतिविधि बढाउनुपर्ने कुरामा हामी लागेका छौँ ।’

यसअघि चीनको सिचुवान एअरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो ।

Advertisement

Advertisement