सिटिजन्स बैंकले ८ सय महिला कर्मचारीलाई दियो तीजको उपहार

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले पनि आफ्ना महिला कर्मचारीलाई तीज विशेष उपहार प्रदान गरेको छ । बैंकले उपहार स्वरुप स्वास्थ्य सम्बन्धि सामग्री प्रदान गरेको हो ।

बैंकको १८८ शाखामा कार्यरत ८ सय भन्दा बढी महिला कर्मचारीलाई सो उपहार प्रदान गरिएको बैंकले जनाएको छ । 

Advertisement

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना महिला कर्मचारीलाई स्यानिटरी प्याड, स्यानिटरी लाइनर, वेट टिस्यु, चकलेट लगायतको गिफ्ट प्याक बाँडेको हो ।

महिला स्थायी तथा अस्थायी कर्मचारी, महिला सेक्युरीटी गार्ड, म्यासेन्जर लगायतलाई सो उपहार दिइएको बैंकले जनाएको छ । 

बैंकले १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिब १६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement