पत्रकार राजेन्द्र पराजुलीको निधन

Advertisement

काठमाडौं । पत्रकार राजेन्द्र पराजुलीको आज निधन भएको छ । 

निमोनियाका देखिएपछि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान ५९ वर्षको उमेरमा निधन भएको हो । काठमाडौं कोटेश्वरका स्थायी वासिन्दा उनका श्रीमती, एक छोरा र एक छोरी छन् । 

Advertisement

उनको आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

वरिष्ठ साहित्यकार समेत रहेका पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । 

लामो समयदेखि पत्रकारिता र साहित्य क्षेत्र क्रियाशील उनले बाह्रखरी अनलाइन, राजधानी, नेपाल समाचारपत्र, नागरिक, आर्थिक दैनिक लगायतका सञ्चारमाध्यमहरुमा काम गरेका थिए । उनी नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सल्लाहकार हुन् ।  

Advertisement

Advertisement