यती विमान दुर्घटनाको जाँच आयोगले अन्तिम प्रतिवेदन बुझायो, दुर्घटना दोहोरिन नदिन सुझाव

Advertisement

काठमाडौं । गत माघ १ गते पोखरामा भएको यती विमान दुर्घटनाको जाँच गर्न गठित समितिले अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बिहीबार प्रतिवेदन बुझाएको हो । 

समितिले प्रारम्भिक प्रतिवेदन यसअघि नै बुझाएकोमा अहिले अन्तिम प्रतिवेदन बुझाएको हो । सरकारले उक्त विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा जाँच आयोग बनाएको थियो । यती एयरलाइन्सको नाइनएन–एसीई कल साइनको जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । 

Advertisement

undefinedundefined

Advertisement

Advertisement