सिटिजन्स क्यापिटल र खानी खोला हाइड्रोबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

Advertisement

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडबीच धुम्बाराही, काठमाडौंमा हकप्रद शेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौतामा खानी खोला हाइड्रो प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृतसबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

Advertisement

खानी खोला हाइड्रो अन्तर्गतको आयोजनाहरु ‘टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना’ ललितपुर जिल्लामा अवस्थित छ । क्रमशः ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिरदेखि नै संचालनमा आईसकेका छन् ।
 

Advertisement

Advertisement