दबाब बढेपछि लेखा समितिका सभापति मुछिएको सहकारीको कागजाज प्रहरीले लग्यो

Advertisement

काठमाडौं । जनदबाब बढ्दै गएपछि प्रहरीले लेखा समितिका सभापति ऋषिकेश पोखरेल संलग्न सहकारीको कागजाज प्रहरीले लगेको छ । 

मोरङ धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको कार्यालयको कागजात प्रहरीले लगेको केही दिनअघि लगेको खुलेको हो । 

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मात्रै राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरेको, ठूला दलका ठूला सहकारी ठगलाई पक्राउ गरी कारवाही नगरेको भन्दै चर्को आलोचना भएपछि सरकारले पोखरेल र उनकी श्रीमती मुछिएको सहकारीको छानविनको चासो देखाएको हो । 

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि उक्त सहकारीको कार्यालय बन्द रहेको थियो । सञ्चालकलाई कार्यालय खोल्न आग्रह गर्दा असहयोग गरेपछि प्रहरीले गत केही दिनअघि सटरको ताला फुटाएर कागजात जफत गरेको खुलेको हो । 

सत्ताधारी दल नेकपा एमालेका नेतासमेत रहेका ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाले सञ्चालन गरेको उमागौरीमा भएको रकम अपचलन र ठगीको विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

नेता पोखरेल र उनकी पत्नीलाई जोगाउन सहकारी रजिष्ट्राकारको कार्यालयबाट अन्जना कोइराला जोडिएको उमागोरी सहकारीको फाइल नै गायब बनाइनुका साथै उक्त कार्यालयले अन्जनाको नाम हटाएर अन्यको नाम प्रहरीलाई पठाएको थियो । नेता पोखरेलले नै सञ्चालन गरेको उक्त सहकारीमा आफू प्रत्यक्षरुपमा जोडिन नमिलेपछि श्रीमतीलाई राख्नुका साथै आफ्ना कार्यकर्तालाई अहिले अध्यक्ष बनाएर सञ्चालन गर्दै आएका थिए । सहकारी सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने र निर्देशनहरु दिने काम नेता पोखरेलले नै गर्दै आएको जनाइएको छ । 

Advertisement

Advertisement