नेशनल लाईफद्वारा लक्ष्य पूरा गर्ने  ४ सय ५० जनालाई चेयरपर्सन क्लबको सदस्यता प्रदान

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आव २०७९/२०८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जना भन्दा बढी अभिकर्ताहरुलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरियो । 

Advertisement

साथै नेपालभरीबाट आफ्नो कोड र संजालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम द्धित्तीय र तृत्तीय हुने अभिकर्ताहरु, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र संजालमा अलग अलग उत्कृष्ट गर्ने ७ जना लिडर अभिकर्तालाई सम्मान पत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । 

समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग प्रथम, द्धित्तीय, तृत्तीय हुने लिडर अभिकर्ताहरुलाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीज्यूले आफ्नो वर्षभरीको मेहनत र परिश्रम वापत तोकिएको लक्ष्य पूरा गरी यस कार्यक्रममा सहभागी भई चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरुलाई बधाई ज्ञापन गरे । 

कम्पनीको सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको र कम्पनीले प्रदान गरेको उच्च वोनस दरको कारणले बीमितहरुलाई उचित प्रतिफल प्राप्त भई रहेको बताउँदै आगामी दिनमा कम्पनीले थप प्रगती गर्ने विश्वास प्रकट गरे । 
 

Advertisement

Advertisement