नेप्से उच्च अंकले घट्यो, सिटिजन लाइफसहित १० कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी गुमाए

Advertisement

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३३.२० अंकले घटेको हो । १.६५ प्रतिशतले बजार घट्दा नेप्से १९७१.१० अंकमा ओर्लिएको छ । 

Advertisement

आज २८४ कम्पनीका ६७ लाख २३ हजार ४ सय कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७ सय ४३.११ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि सयपत्री हाइड्रोपावरमा पोजेटिभ सर्किट लागेको छ । उक्त कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले बढेको हो । त्यस्तै आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसहित १० कम्पनी लगानीकर्ताहरुले ९ प्रतिशत बढी घाटा व्यहोरेका छन् । 

आजैबाट कारोबार शुरु भएको सिटिजन्सको शेयर मूल्य १० प्रतिशतले घटेको हो । रु. ५०८ मा कारोबार शुरु भई प्रतिकित्ता रु. ४५७.२० मा झरेर कारोबार रोकिएको हो ।  

नेप्सेका अनुसार आज सिटिजन लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड ७३ लाख ६० हजार ७ सय ४३.६० रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।   
undefined

Advertisement

Advertisement