काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको छ । शनिवार राजधानीमा बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको हो ।
सप्ताहको छैटौं दिनमा आयोजित यस कार्यक्रमको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुभारम्भ गरे । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी शहीदगेट हुँदै न्युरोड—वसन्तुपुर पुगेर समाप्त भएको थियो ।
लगानीकर्ताको लचकता, वित्तीय औजार, दिगो वित्त र लगानीको आधार भन्ने नाराहित यस पटक विश्व लगानीकर्ता सप्ताह मनाइँदै छ । बोर्डले सो अवसरमा देशभर नै सचेतनामुलक कार्यक्रम र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै आएको छ ।