विदेशी पहुनालाई दशैं परिकार खुवाइने

Advertisement

काठमाडौं । दशैंको समयमा नेपालमा खाने स्थानीय रैथाने खानाका परिकारहरु होटल रेस्टुरेन्टको मेनुमै राखी होटल संघ नेपालले  रैथाने खाना प्रवर्द्धन गर्ने भएको छ ।

दशैंको बिदामा कतिपय रेस्टुरेन्टहरु समेत पूर्ण रुपमा सञ्चालनमा नआउने भएकोले होटलहरुले घरघरमा खाने खाना नेपाल घुम्न आएका विदेशी पाहुनाहरुलाई विशेष छुटका साथ पस्कने होटल संघ नेपालका सदस्य होटलहरुले जनाएका छन् । उक्त कार्यक्रम असोज २८ देखि कात्तिक ११ गते घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आयोजना हुनेछ ।

Advertisement

पर्यटकहरुले यात्राको क्रममा रैथाने स्थानीय खानाप्रति विशेष रुची राख्ने हुँदा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई नेपाली मौलिक खानाको स्वाद चखाई नेपालको भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।

होटल संघ नेपालको यस किसिमको विशेष कार्यक्रममा देशैभरीका सदस्य होटलहरु खासगरी झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटल र काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतले आफ्नो मेनुमा दशैंको चाडपर्वमा घर परिवारमा पाक्ने स्वादिलो स्थानीय रैथाने पकवान आफ्ना ग्राहकहरु माझ पस्कने छन्  । 

यस कार्यक्रममा अन्य क्षेत्रका थप सदस्य होटलहरु पनि सहभागी रहने होटल संघ नेपालले जनाएको छ ।

Advertisement

Advertisement