घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटले ल्यायो एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

Advertisement

काठमाडौं । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ । 

यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएस् देखी ३०० एमबिपिएससम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । ग्राहकले ५० एमबिपिएसदेखी २५० एमबिपिएससम्म फाईभजी राउटर पाउनेछन भने ३०० एमबिपिएसको प्याकेज लिने ग्राहकले वाईफाई ६ राउटर पाउने छन् ।       

Advertisement

यस्अघि एसिया कपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो । 

एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना असोज २८ देखि पूर्णिमा कात्तिक १० सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement