काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेड (ब्रोकर नं. ८३ ) ले आजदेखि आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल ाज पाण्डे र सानिमा सेक्यूरिटीजका संचालकहरुले संयुक्त रुपमा कारोबार उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा सीईओ पाण्डेले सानिमा सेक्यूरिटीजको बिधिवत रुपमा कारोबार संचालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन् र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुका साथै ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
यस सानिमा सेक्यूरिटीजले गत साउन १० गते नेपाल धितोपत्र बोर्डबाट र भदौ २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गरेको थियो ।