सत्र अर्ब ३२ करोडको आईपीओ सूचीकृत, सेबोनले दियो २ अर्ब बढीको आईपीओ निकाल्ने अनुमति

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा १७ अर्ब ३२ करोड रुपियाँको आईपीओ सूचीकृत भएको छ । 

त्यस्तै नेपाल धितोपत्र बोर्डले समीक्षा अवधिमा २ अर्ब ५ करोडको आईपीओ निष्काशनका लागि स्वीकृति प्रदान गरेको छ । 

Advertisement

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷८१ को दुई महिनामा रु. १७ अर्ब ३२ करोड बराबरको साधारण शेयर, रु.१ अर्ब २० करोड बराबरको हकप्रद शेयर र रु.८२ करोड ६० लाख बराबरको बोनस शेयर गरी कुल रु.१९ अर्ब ३५ करोड बराबरकोथप धितोपत्र सूचीकृत भएका हुन् । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२ अर्ब ५ करोड बराबरको साधारण शेयर, रु.१ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र रु.१ अर्ब २० करोड बराबरको डिबेन्चर गरी कुल रु.४ अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 

Advertisement

Advertisement