शेयर बजारमा दोहोरो अंकको सुधार, एक अर्ब ८४ लाखको कारोबार

Advertisement

काठमाडौं । लामो समयपछि शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से उकालो चढे पनि कारोबार भने बढ्न सकेन । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.१८ अंकले बढेको हो । ०.७१ प्रतिशतले बजार बढ्दा नेप्से १८६४.६२ अंकमा उक्लिएको छ । 

Advertisement

आज २८९ कम्पनीका ३८ लाख १३ हजार २ सय ३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजार ८ सय ६०.६१ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन एनआईबीएल प्रगति फण्डका लगानीकर्ताहरुको सबैभन्दा बढी ७.३५ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.५३ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज हाथवे इन्भेष्टमेन्टकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड ६२ लाख ६९ हजार २ सय ४८ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

हिजो सोमबार बजार २३.१६ अंकले घट्दा १ अर्ब २५ करोड ३२ लाख ९१ ह्जार ७०.९६ रुपियाँ बराबरको कारोबार भएको थियो । आइतबार भने दशैंको घटस्थापनाको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।  
 

Advertisement

Advertisement