महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरिएको छ ।

बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम, तथा नियन्त्रण कार्यमा सहयोग पुर्याउने उद्देश्यले जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर हस्तान्तरण गरेको हो । 

Advertisement

यसबाट मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । प्रहरी वृत्त मालीगाँउका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवा केन्द्र, कालोपुलका बरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । 

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ । 

Advertisement

Advertisement