काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले १ करोड ७८ लाख ४५ हजार ११८ रुपियाँ बराबरको एफपीओ निष्कासन गर्ने भएको छ ।
उक्त कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत शुक्रबार एफपीओ निष्काशनको स्वीकृति प्रदान गरेको सीईओ प्रेमबहादुर पाठकले जनाएका छन् ।
सेबोनबाट स्वीकृति पाएसँगै प्रतिकित्ता रु १०० अंकित मूल्यमा १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ निष्काशनको तयारी शुरु गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।