बडा दशैंको माहौल तात्तिदै जाँदा शेयर बजारमा उत्साह, नेप्से १९ सय अंकमाथि

Advertisement

काठमाडौं । बडा दशैंको माहौल तात्तिदै जाँदा शेयर बजारमा उत्साह छाएको छ । 

यसैक्रममा आज बजार ४३.२७ अंकले बढेर नेप्से फेरि १९ सय अंक पार भएको छ । २.३२ प्रतिशतले बजार बढ्दा नेप्से १९०७.८९ अंकमा पुगेको हो । 

Advertisement

आज २८६ कम्पनीका ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ४८ लाख ९४ हजार २ सय १८.१५ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार उच्च अंकले बढ्दा विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी कमाएका छन् । आशा लघुवित्त, इन्फिनिटी लघुवित्त, मिड सोलु हाइड्रो, ज्योति विकास बैंक र गणपति लघुवित्तका लगानीकर्ताहरुले १०, ९.९७, ९.३१, ९.१९ र ९.१३ प्रतिशतले नाफा कमाएका छन् । 

त्यसैगरी बीपीडब्लू लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.६२ प्रतिशतले घाटा व्यहोरेका छन् । विभिन्न २२ कम्पनीबाहेक अरु सबैको शेयर मूल्य बढेको हो । 

ऋाज सानिमा जीआईसी इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड ४६ लाख ४ हजार ९ सय ३५.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार दशैंको घटस्थापनाको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने सोमबार बजार २३.१६ अंकले बजार घट्दा १ अर्ब २५ करोड ३२ लाख ९१ ह्जार ७०।९६ रुपियाँ र हिजो मंगलबार १३.१८ अंकले बजार बढ्दा १ अर्ब ८४ लाख ३७ हजार ८ सय ६०.६१ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement