ब्रोकर कमिसन घटाउने सेबोनको निर्णय

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साढे २ वर्षपछि ब्रोकर कमिसन घटाउने निर्णय गर्दै अनुमोदनका लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय छ । कमिसन घटाउने निर्णयसँगै लगानीकर्ताले प्रत्यक्ष लाभ पाउन छन् । 

विद्यमान व्यवस्थामाकरिब १० देखि १२ प्रतिशतको बीचमा  ब्रोकर कसिमन घटाउने निर्णय भएको बुझिएको छ । 

Advertisement

२०७७ पुस १२ गतेदेखि लगानीकर्ताले ५० हजार रुपियाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजार रुपियाँदेखि ५ लाख रुपियाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख रुपियाँभन्दा माथि २० लाख रुपियाँसम्मको कारोबारमा ०.३४ प्रतिशत र २० लाख भन्दा माथि १ करोड रुपियाँसम्मको कारोबारमा ०.३० प्रतिशत ब्रोकर कमिसन तिर्दै आएका छन् ।  १ करोड भन्दामाथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ । 

यता, सरकारी वा संस्थागत ऋणपत्रको खरीद बिक्रीमा ५० हजार रुपियाँसम्म ०.१० प्रतिशत, ५० लाख रुपियाँसम्म ०.०५ प्रतिशत र ५० लाख माथिको कारोबारमा ०.०२ प्रतिशत सेवा शुल्क लिन पाइने व्यवस्था रहेको सेबोनले जनाएको छ ।  

Advertisement

Advertisement