काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।
सर्वसाधारणलाई बिक्री गरिएको १ करोड २३ लाख कित्ता र संस्थापकहरुको १ करोड ८४ लाख ५० हजार ३ सय कित्ता आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेप्सेमा सूचीकृत भएसँगै आगामी कात्तिक १२ गतेदेखि उक्त कम्पनीको शेयर कारोबार शुरु हुनेछ । रु. १४२.०१ देखि रु. ४२६.०३ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।