काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा ११ करोड ९५ लाख २१ हजार रुपियाँ नाफा कमाएको छ ।
बैंकले अघिल्लो आव भन्दा १७८.५८ प्रतिशत नाफा बढाएको हो । अघिल्लो वर्षको समीक्षा अवधिमा ४ करोड १५ लाख ६१ हजार रुपियाँ कमाएको थियो ।
त्यस्तै गत आवको असोज मसान्तमा ५२ करोड २२ लाख ९२ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवमा ४९ करोड ९ लाख १० हजार रुपियाँ आम्दान गरेको छ ।
त्यस्तै बैंकको सञ्चालन नाफा बढेर १८ करोड ९५ हजार रुपियाँ, इम्पेयरमेन्ट चार्ज ९ करोड ५२ लाख ४१ हजार रुपियाँ छ ।
बैंकको चुक्ता पूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपियाँ छ भने जगेडा कोषमा १ अर्ब ५२ करोड २२ लाख ६७ हजार रुपियाँ छ । त्यस्तै खराब कर्जा ३.४८ प्रतिशत छ ।
प्रतिशेयर आम्दानी १४ रुपियाँ ५७ पैसा रहेको र प्रतिशेयर नेटवर्थ १४७ रुपियाँ १८ पैसा रहेको बैंकद्वारा प्रकाशित अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।