विगतको तुलनामा खसीबोकाको व्यापार कम भयोः व्यापारी

Advertisement

काठमाडौं । खसीबोका व्यापारीहरुले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् ।

नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा विभिन्न जिल्लाहरुबाट खसीबोका ल्याए पनि व्यापार भने उल्लेख्य नभएको उनीहरुले गुनासो गरे । 

Advertisement

व्यापारीहरुले दुर्गम जिल्लाहरुबाट खसी बोका किनेर नल्याउँदा काठमाडौं उपत्यकामा खसीबोका महंगो परेको बताए । उनीहरुले सरकारले काठमाडौं भित्रिने नै खसीबोका किनेको र दुर्गम जिल्लाहरुबाट नल्याएकाले महंगो पर्न गएको उनीहरुको भनाइ छ । 

एक सर्वसधारणले काठमाडौं आउने निश्चित खसीबोका नै किनेर ल्याएको र दुर्गम क्षेत्रबाट किनेर नल्याउँदा महंगो परेको बताए । त्यस्तै पशुचौपाया खरिद बिक्री संघका उपाध्यक्ष सन्तोष खत्रीले पहिलाको तुलनामा यस वर्ष थोरै मात्रामा मात्रै बिक्री भइरहेको बताए । 

उनले मानिसहरुसँग पैसा कमी भएकाले दशैँमा चहलपहल नभएको र अरु बेलाको जस्तै मूल्य रहेको बताए । यस वर्ष भारतबाट आयात ठप्प भएको र नेपालकै खसीबोकाहरु प्रशस्त रहेको बताए ।

उनीहरुले रुकुम, रोल्पा, सल्यान, झापा, इलाम, भोजपुर, ओखलढुंगा, खोटाङ। काभ्रेपलाञ्चोक, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लबाट खसीबोका काठमाडौं आएको बताए ।

Advertisement