काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आजै दिउँसो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १९ प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव गोपी भण्डारीले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछी शेयरधनीहरुले पाउने छन् ।