चिरख्वा हाइड्रोको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बाँडफाँट भएको छ । 

उक्त कम्पनीको आईपीओ आज दिउँसो बाँडफाँट भएको हो । 

Advertisement

बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार उक्त कम्पनीको आईपीओ ८५ हजार ९ सय ३० जनाले १०–१० कित्ताका दरले पाएका छन् । 

लगानीकर्ताले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको वेबसाइट https://www.rbbmbl.com.np/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://chirkhwahpl.com/  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

यसअघि कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि,  १६ हजार कित्ता सामूहिक लगानी कोष र ४० हजार कित्ता कर्मचारीलाई बाँडफाँट गरिसकेको छ । 

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता निष्काशन गरेकोमा बिक्री नभएको १ लाख ९५ हजार ३ सय कित्ता थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सर्वसाधारणको लागि निष्काशन खुला गरेको थियो । 

उक्त कम्पनीले भोजपुर जिल्लामा ४।७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको जनाएको छ ।

undefined

Advertisement

Advertisement