माछापुच्छ्रे बैंकको खुद नाफा २० प्रतिशतभन्दा बढीले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि वृद्धि

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले ५४ करोड २२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो । 

यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१८ प्रतिशत बढी हो । गत बर्ष बैंकले ४५ करोड ११ हजार रुपियाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज घटाएको छ । 

Advertisement

माछापुच्छ्रे बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३.९५ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेको छ । बैंकको सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेको छ । 

गएको असोज मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा दुई करोड ८५ लाख रुपियाँ रहेको छ । त्यस्तै, प्रतिशेयर वितरणयोग्य मुनाफा ९८ पैसा रहेको छ । पहिलो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपियाँ १३ पैसा बढेर १८ रुपियाँ ६६ पैसा पुगेको छ । 

असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपियाँ ७७ पैसा रहेको छ । माछापुच्छ्रे बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपियाँ छ भने जगेडा कोषमा चार अर्ब ९७ करोड रुपियाँ छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.४५ प्रतिशत घटेको छ भने कर्जा ३.४४ प्रतिशत बढेको छ ।

Advertisement

Advertisement