राप्ति नगरको सरकारी जमिनको वस्ती हटाइने, अवरोध गर्नेलाई कारवाही गर्ने चेतावनी
आन्दोलनकारीहरुलाई सम्बोधन गर्दै बागमती प्रदेशका सांसद जगन्नाथ थपलिया ।

Advertisement

काठमाडौं । चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ र ६ को सरकारी जमिनको वस्ती नगरपालिकाले हटाउने भएको छ । 

नगर प्रमुख शमसेर लामाले आज विज्ञप्ति प्रकाशित गरी घर खाली गर्न र खाली नगर नगरपालिकाले भत्काउने उल्लेख गरेका छन् । सो क्षेत्रको वस्ती घटाउन नगरपालिकाले ९० दिनको समय दिएको र सो समय आज सकिएको छ । 

Advertisement

साथै आजै सो वस्ती नहटाउन स्थानीयहरुले प्रदर्शन गर्दा झडप समेत भएको छ । उक्त आन्दोलनलाई टेवा पुग्ने गरी सहयोग र उक्साहट गर्ने व्यक्तिहरुलाई कानुन बमोजिम कार्बाही गर्न नगर प्रमुख लामाले अनुरोध गरेका छन् । 

undefined

Advertisement

Advertisement