भूकम्पबाट अभिभावकविहीन भएकालाई मानव सेवा र आनी छोइङ फाउन्डेशनले संरक्षण प्रदान गर्ने
फाइल तस्बिर

Advertisement

काठमाडौं । जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएको विनासकारी भूकम्पबाट प्रभावित भई अभिभावक विहीन भएकाहरुलाई संरक्षण प्रदान गरिने भएको छ । 

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र आनी छोइङ डोल्मा फाउन्डेशनकी अध्यक्ष आनी छोइङ डोल्माले विज्ञप्ति प्रकाशित गरी अथाथ भएका बालबालिका, अशत्तः बृद्धबृद्धा र एकल महिलाहरुलाई तत्काल संरक्षण प्रदान गर्ने उल्लेख गरेका हुन् । 

Advertisement

यस्तो सेवा आवश्यक परे सम्पर्क गर्न स्थानीय जनप्रतिनिधि, प्रहरीप्रशासनलाई विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।  

Advertisement

Advertisement