काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ भर्ने २० गते सोमबार अन्तिम दिन हो ।
उक्त दिन बैंकिङ समयभित्र आईपीओ भर्न पाइने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई शेयर बाँडफाँड गरिसकेको कम्पनीले सर्वसाधारणका लागि २० लाख ७५ हजार २ सय ८५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।
स्थानीय बासिन्दालाई आइपीओ बाँडफाँड गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयरसहित कूल २० लाख ७५ हजार २ सय ८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन खृुला गरेको हो ।
उक्त शेयर २ लाख ७ हजार ५ सय २३ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।