काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपियाँ सहयोग गरेको छ ।
कम्पनीले आज आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा उक्त रकम हस्तान्तरण गरेको हो ।
यसैबीच कम्पनीले दशौं वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ । गत शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भई ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि उत्पन्न मानवीय हताहती एवं आर्थिक क्षतिका कारण निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरेको हो ।
वार्षिकोत्सवको अवसरमा सीईओसहित ६८ जनाले रक्तदान गरेका थिए ।