आईएसएमटी कलेजद्वारा भूकम्प पीडितहरुका लागि ५ लाख आर्थिक सहयोग

Advertisement

काठमाडौं । आईएसएमटी कलेजले भूकम्प पीडितहरुका लागि ५ लाख आर्थिक सहयोग गरेको छ । 

जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार गएको भूकम्पबाट प्रभावितहरुको लागि सहयोग गरिएको कलेजको अध्यक्ष योगेश उप्रेतीले जनाएका छन् । 

Advertisement

मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरिएको  छ । 
 

Advertisement

Advertisement