उन्नति सहकार्य लघुवित्तको एफपीओ भर्ने शुक्रबार अन्तिम दिन

Advertisement

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) भर्ने कात्तिक २४ गते शुक्रबार अन्तिम दिन हो । 

कम्पनीले १ करोड ७८ लाख ४५ हजार ४ सय ५१ रुपियाँ बराबरको १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ निष्काशन गरेको हो ।  

Advertisement

सर्वसाधारणका लागि जारी गर्न लागिएको उक्त एफपीओ १७ हजार ८ सय ४४ जनाले १०–१० कित्ता र १ जनाले ११ कित्ता पाउने छन् । 

सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ जारी गर्न लागेको जनाएको छ । 

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एकआपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत कायम भएको थियो । 

Advertisement

Advertisement