अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितहरूलाई १६ टन राहत सामग्री हस्तान्तरण

Advertisement

काठमाडौं । सीजी होल्डिङ्स अन्तर्गतको अरुण चौधरी फाउण्डेशनले जाजरकोट र रुकुम पश्चिमका विनाशकारी भूकम्प पीडितहरूलाई आपतकालीन राहत सामगी्रहरू प्रदान गरेको छ । 

जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा भूकम्पका कारण व्यापक क्षती भएको र हाल त्यहाँको जीवन निकै कष्टकर वन्दै गएको छ । आधारभुत आवश्यक्ता जस्तै खाद्यान्न, औषधि, लत्ताकपडा र आवाशको अभाव हुँदै गएको छ । 

Advertisement

संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि  १६ टन राहत सामग्री उपलब्ध गराएको छ । संस्थाले उक्त राहत प्याकेज जाजरकोट, नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउतलाई हस्तान्तरण गरेको हो । 

undefined

यसैक्रममा सीजी होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छा पूर्वक एक दिनको तलब उपलव्ध गराई राहत प्याकेजमा योगदान दिएका छन् । संस्थाले यस्तो कठिन समयमा सामूहिक प्रयासको महत्वलाई जोड दिदै सवैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई हर तरहले सहयोग गर्नका लागि प्रोत्साहन गरेको छ । 

यो योगदानले भूकम्प प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने विश्वास संस्थाले व्यक्त गरेको छ ।
 

Advertisement

Advertisement