विपिन जोशी हमासको नियन्त्रणमा रहेको भिडियो सार्वजनिक

Advertisement

काठमाडौं । डेढ महिना अघि हमासको अपहरणमा परेका विपिन जोशी रहेको दाबी गरिएको भिडियो सार्वजनिक भएको छ । 

इजरेली डिफेन्स फोर्स (आइडिएफ) ले सार्वजनिक गरेको भिडियो फुटेजमा एक नेपाली र एक थाई नागरिक रहेको दबी गरिएको छ। 

Advertisement

भिडियो द्धन्दग्रस्त क्षेत्र गाजाको अल सिफा हस्पिटल रहेको दाबी गरिएको छ । भिडियो फुटेज अलसिफा अस्पतालको रहेको सिएनएनले पुष्टी गरेको छ । 

आइडिएफले भिडियो फुटेजमा एक नेपाली र एक थाई नागरिक रहेको ट्व‍वीटरमा दाबी गरेको छ । फुटेजमा एक जनालाई गलत्याउँदै अस्पताल लगेको देखिएको छ । यस्तै अर्का व्यक्ति गम्भिर घाइते अवस्थामा स्ट्रेचरमा अस्पताल लगरेको देखिएको छ । 

अस्पतालमा लगिएका दुबै जना सुरक्षित छन् या छैनन यकिन हुन सकेको छैन । अल सिफा अस्पताल मुनि ५५ मिटरको टनेल बनाएर हमासका कमान्डरहरु लुकिरहेको आइडिएफले दाबी गरेको छ । 

यसरी दुबै फुटेजमा हमासका कार्यकर्ता हतियार सहित देखिएका छन् । अक्टोवर ७ मा हमासले इजरायलमा अचानक आक्रमण गरेपछि ४५ दिनदेखी गाजामा इजरेली सेनाले अप्रेशन चलाइरहेको छ ।

इजरेली सेनाले हमासहरु हस्पिटललाई आधार बनाएर आतंकवादी गतिविधि गरिरहेको बताएको छ ।  

भिडियो

https://twitter.com/IDF/status/1726319791865016493?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1726319791865016493%7Ctwgr%5E8501fedd3f6f25cc21982bc8474c5faa3742e3c6%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F

Advertisement

Advertisement