नवराज अर्यालले झुट बोलेको भन्दै फेरि निर्मला हत्याकाण्ड लुकाउने प्रयास, झुट नै होः सीआईबी

Advertisement

काठमाडौं । निर्मला हत्याकाण्डलाई फेरि पनि लुकाउने प्रयास भएको छ । छ बर्षअघि घट्नाका बेला घट्नास्थलमा पुगेको बताउँदै गोरखाका नवराज अर्यालले आफ्नो भौतिक सुरक्षा भए पन्तका तीन जना हत्याराहरुको नाम सार्वजनिक गर्ने बताएका थिए । 

उनले प्राइम टिभीमा दिएको अन्तरवार्तामा सोही घटनापछि आफ्नो साँक्षी भएकाले तीन पटकसम्म मार्ने प्रयास भएको, जागिरबाट निकाल्नेदेखि सवारी चालक अनुमतिपत्र समेत नवीकरण गर्न नदिएको बताएका थिए । निर्मला पन्तका हत्यामा संलग्नहरुले आक्रमण गरेको भन्दै अर्यालले ढाडदेखि खुट्टासम्म प्रमाणसमेत देखाएका थिए ।  

Advertisement

प्राइम टिभीमा अन्तरवार्तापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार अर्याललाई बोलाएर सोधपुछ गरेको थियो । हिजो तीन घण्टा बयान दिएका अर्यालको दावी गलत भएको सीआईबीको तर्क छ । सोही अन्तरवार्तालाई लिएर सीआईबीले आज प्राइम टिभीका ऋषि धमलालाई समेत बोलाएर सोधपुछ गर्दै अर्यालको दावी झुट भएको औंल्याउन खोजिएको छ । जबकी उनले आफूसँगै तत्कालिन खानेपानीमन्त्री विना मगरका सुरक्षा गार्डले  समेत निर्मला पन्तका तीन जना हत्यारा चिनेको र सोही कारण उनलाई समेत भ्रष्टाचारको मुद्दा लगाएर जागिरबाट निकालिएको खुलासा गरेका थिए । 

लाजिम्पाटस्थित सीआईबीमा पुगेर धमलाले आफूलाई अर्यालले एक महिनादेखि अन्तरर्वार्ता लिइदिन भनेको बताएका छन् । एक मिडियाले ऋण धमलाको भनाई उदृत गर्दै भनेको छ, ‘ऊ अन्तरर्वार्ता लिइदिनु भन्दै एक महिनासम्म धाएको थियो, अझ रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्छु भनेको थियो । उहाँ टेलिभिजनमा पनि नियमित आउनुभयो, त्यसक्रममा मन्त्रीहरुको ड्राइभर भएको नाताले कुराकानी सुरु गर्यौं, उहाँले पीडित भएँ भन्नुभयो ।’

अर्यालले १६ जना मन्त्रीहरुको सचिवालयमा आफूले गाडी चलाएको भन्दै परिचयपत्र देखाउनुका साथै आफूले निर्मला हत्याकाण्डका दोषीहरु सार्वजनिक गर्न खोज्दा प्रहरी प्रशासनले साथ नदिएको मन्त्रीहरुले पनि बेवास्ता गरेको बताएका थिए । अर्याललाई गलत देखाएर उक्त हत्याकाण्ड लुकाउने प्रयास हुनुले यस घट्नामा निकै पहुँचवालाहरु सँलग्न रहेको हुनसक्ने अडकल गरिएको छ । जबकी अर्यालले छातिमा नै हात राखेर आफूले झुट नबोलेको बताएका थिए । 

झुट नै होः सीआईबी
सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले अर्यालले झुट नै बोलेको बताए । उनले अर्यालले दावी गरेको ठाउँ र घटना भएको ठाउँ नै नमिल्ने बताउँदै स्वास्थ्यको समस्याका कारण पनि उनले नभएको कुरा बोलेको हुनसक्ने बताए । 

कर्पोरेट नेपालसँग बोगटीले भने, ‘उसको दावीमा कुनै सत्यता छैन् । हुँदै नभएको कुरा हो । उसले भनेको ठाउँ र घटना (हत्या) भएको ठाउँ नै फरक छ । चालिस किलोमिटर पर पर्छ । कहाँको गोरखाको मान्छे कहाँको कैलालीको घटना, त्यो पनि मिल्दैन ।’ अर्यालले लिएका नाम पनि पहिला नै अनुसन्धान भइसकका व्यक्ति भएको बताउँदै बोगटीले त्यसमा पनि सत्यता नरहेको बताए । 

उनले भने, ‘त्यसबेला उनी कञ्चनपुर गएको देखिन्छ । त्यहाँबाट घटनास्थल आउन ४० किलोमिटर दूरी छ । उनले मन्त्रीको घरमा गएर चौधरी थरको व्यक्तिको मोटरसाइकल लिएर घटनास्थल आएको भनेका छन् । तर, उनले भने जस्तो डेढ घन्टासम्म मन्त्रीलाई छाडेर अन्यत्र जानसक्ने सम्भावना नै देखिन्न । अझ गोरखाको मान्छे पहिलो चोटी कञ्चनपुर गएको स्थिति छ । उसले त्यहाँ कोही चिनेको छैन । ठाउँबारे पनि थाहा छैन । यस्तोमा एक झलकमा तीन जना उखुबारीमा देखेको र उनीहरुलाई स्पष्ट चिन्ने भन्ने बयान पनि अपत्यारिलो छ ।’

Advertisement

Advertisement