काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा गत आवको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा २० करोड ५४ लाख रुपियाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपियाँ नाफा आर्जन गरेको थियो ।
त्यस्तै, असोज मसान्तसम्म कम्पनीले कम्पनीले ११ अर्ब ९६ करोड रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले १० अर्ब ९२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा यो ९.५४ प्रतिशतले बढी हो ।
कम्पनीले पहिलो त्रैमाससम्म खुद बीमाशुल्क आर्जन ९.१४ प्रतिशतले बढाएको छ । गत आवमा १० अर्ब ८२ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा ११ अर्ब ८१ करोड रुपियाँ आर्जन गरेको छ ।
कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ११ करोड ८८ लाख रुपियाँ छ भने रिटेण्ड अर्निङ्गमा ७१ करोड १९ लाख रुपियाँ रहेको छ ।
गत आवको पहिलो त्रैमाससम्म १ खर्ब ७४ अर्ब ३७ करोड रहेको कम्पनीको जीवन बीमा कोष यस अवधिमा १९.५४ प्रतिशतले बढेर २ खर्ब ८ अर्ब ४४ करोड पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.०१ रुपियाँ छ भने प्रतिशेयर नेटवर्थ १३१.९९ रुपियाँ रहेको छ ।