काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ११.२२ प्रतिशतले बढेको देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीले १४ करोड ५० लाख रुपियाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा १३ करोड ३ लाख रुपियाँ थियो ।
त्यस्तै, गत आवमा १ अर्ब ३६ करोड रहेको कम्पनीको कुल आम्दानी बढेर यस अवधिमा १ अर्ब ५८ करोड रुपियाँ कायम भएको छ ।
चालू आवको असोज मसान्तसम्म कम्पनीले १ अर्ब २१ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन गत आवमा १ अर्ब १० करोड रुपियाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ४२.७२ प्रतिशतले बढेर १० अर्ब ७ करोड रुपियाँ पुगेको छ । गत आवमा ७ अर्ब ५ करोड रुपियाँ थियो ।
असोज मसान्तसम्म ५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १९ करोड ४१ लाख रुपियाँ र शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपियाँ सञ्चित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११.६० रुपियाँ र प्रतिशेयर नेटवर्थ १५०.६६ रुपियाँ छ।