उपत्यका अस्तव्यस्त हुने संकेत, १०० वा १०३ मा फोन गरेर मात्रै बाहिर निस्कन प्रहरीको सर्कुलर

Advertisement

काठमाडौँ । बिहीबार काठमाडौं उपत्यका अस्तव्यस्त हुने संकेत देखिएको छ । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले बिहीबारदेखि लाखौं मानिस उतारेर अहिलेको व्यवस्था उल्ट्याउने बताएपछि प्रहरीले सर्तकता अपनाउन सर्वसाधरणलाई सर्कुलर जारी गरेको छ । 
 
प्रसाइँको आन्दोलन कमजोर पार्न बिहीबार नै एमालेको युवा संघले पनि प्रदर्शन गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्कुलर जारी गर्दै अत्यवश्यक काममा मात्रै बाहिर निस्कन आग्रह गरेको हो । यो सुर्कलर हेर्दा प्रहरीले उल्टै प्रसाइँको आन्दोलनसफल सहयोग र सफल बनाउन खाजेको देखिन्छ । 

प्रहरीले सुचना जारी गर्दै उपत्यकाका बिभिन्न स्थानहरूमा यहीँ मंसिर ७ गते बिभिन्न समूहद्वारा याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भन्ने बुझिन आएकोले काठमाडौँ उपत्यका भरी सवारी आवगमनमा असहजता सिर्जना हुने बताएको छ । 

Advertisement

अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन पनि प्रहरीले भनेको छ । यस्तै सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्नहुन र ट्राफिक एफ। एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ ।

सर्वसाधरणको सुरक्षाको लागि ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्नसक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग समेत प्रहरीले आग्रह गरेको छ ।

undefined
 

Advertisement

Advertisement