डीआईजी ढकालबाट दैलेखको प्रहरी चौकी पानिपोखरी उद्घाटन

Advertisement

काठमाडौं । नवनिर्मित प्रहरी चौकी पानिपोखरी दैलेखको भवनको उद्घाटन भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले  भैरवि गाउँपालिका वडा नम्बर ६ मा नवनिर्मित प्रहरी चौकी पानिपोखरी दैलेखको कार्यालय÷ब्यारेक, भान्साघर र शौचालय भवनको  उद्घाटन गरेका हुन् । 

Advertisement

गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, सुरक्षा निकाय प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, समाजसेवी, सञ्चारकर्मीहरू लगायत सर्वसाधरणको उपस्थिति रहेको थियो  ।

उक्त भवन रू १,७७,८७,४३७।२५ को लागतमा निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश प्रहरी प्रमुख ढकालले आगामी दिनहरूमा यस क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी हुनुको साथै गुणस्तरिय नागरिक सेवा प्रवाह हुने र  प्रहरी कर्मचारीको कार्यसम्पादन स्तरमा थप मनोबल अभिवृद्धि हुने विश्वास व्यक्त गरे । 

साथै सुरक्षित कर्णाली विशेष अभियान, २०८० को कार्यान्वयन र यस अन्तर्गतका विभिन्न कार्यक्रमगत अभियानहरूले नागरिक र प्रहरीबीच अझ नजिककको सु–समबन्ध स्थापित हुनुको साथै अपराध अनुसन्धान, नियन्त्रणमा र शान्ति सुरक्षा कायममा थप उपलब्धीहरू  प्राप्त हुँदै गएको कुरा बताए ।  
 

Advertisement

Advertisement