प्रधानमन्त्रीको आव्हान– राजनीतिक उपलब्धी जोगाउन लागौं

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन जरुरी रहेको बताएका छन् । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले अहिलेको व्यवस्था परिवर्तनका लागि भन्दै भोलि बिहीबारदेखि काठमाडौंमा लाखौं मानिस उतारेर आन्दोलनको तयारी गरेपछि दाहालले यस्तो बनाएका हुन् । 

बुधवार शंखधर दिवसको अवसरमा उनले पछिल्लो समय लोकतन्त्रपछिका उपलब्धिलाई कमजोर बनाउँदै जाने क्रम बढेको भन्दै सबैले एक ठाउँमा उभिएर उपलब्धिको रक्षामा लाग्नुपर्ने बताए । दाहालले आन्दोलन सफल भएपछि प्राप्त उपलब्धिको रक्षा गर्न बिर्सिने परिपाटी विकास भएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताए । 

Advertisement

उनले व्यवसायी दुर्गा प्रसाइँप्रति लक्षित गर्दै दुःशाहस, दिवा स्वप्ना र ठूलो विभ्रम फैल्याउने कसरतमा लागेको भए पनि सफल हुन नसक्ने दावी गरे । 

दाहालले भने, ‘एकथरी तत्वहरु अहिले एउटा दुःशाहस, दिवा स्वप्ना र एउटा ठूलो विभ्रम फैल्याउने कसरतमा छन्, जो कहिल्यै पूरा हुनेवाला छैन । नेपालको इतिहासमा चाहे राणा शासनबिरोधी आन्दोलनको कुरा होस् वा निरंकुश निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाका बिरुद्धको आन्दोलनको कुरा होस् । त्यसमा नेपाली जनताको र काठमाडौं उपत्यकाका नेवार समुदायको भुमिका महत्वपूर्ण छ । सबै ठूला क्रान्तिपछि प्रतिगामी वा इतिहासको मञ्चबाट गलत्याइएका तत्वहरुले एकपटक फेरि फर्कने जमर्को गर्छन् । उनीहरुले अन्तिम रुपमा तागत प्रयोग गर्छन् । प्राप्त उपलब्धिको रक्षा गर्न जति शतर्क हुनुपर्ने थियो, जति तागत लगाउनुपर्ने हो, त्यो हामीले सकेका छैनौँ । हाम्रो त्यही कमीबाट आन्दोलन सफल भएपछि रिल्याक्स भएर छोड्ने हाम्रो परम्परा रह्यो । त्यसकै फाइदा उठाएर प्रतिग्रामी तत्वहरु फेरि पुनरागमन गर्ने षड्यन्त्रमा छन् ।’

Advertisement

Advertisement