कर दिवसमा एशियन लाइफ इन्स्योरेन्स सम्मानित

Advertisement

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीलाई आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलाई कार्यालय प्रमुख गजेन्द्रप्रसाद यादवले आन्तरिक राजश्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमबीच सम्मान पत्र हस्तान्तरण गरेका हुन् । 

Advertisement

विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय पुतली सडकले आर्थिक वर्ष २०७८।०७९ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गत वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान् गरेको हो ।

Advertisement

Advertisement