काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भारतीय चेम्बर अफ कमर्सले मुम्बईमा आयोजना गरेको चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘आउट स्टयाण्डीङ पर्फमेन्स अवार्ड’ पाएको छ ।
कार्यक्रममा विश्वका विभिन्न चर्चित चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे ।
भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविनरमण पराजुलीले उक्त अवार्ड ग्रहण गरेका हुन् ।