शेयर बजारमा उछालः नेप्से १९ सय अंकमाथि, दुई अर्ब नाघ्यो कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा उछाल आउँदा आज कारोबार रकम पनि २ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४७.७५ अंकले बढेको हो । २.५६ प्रतिशतले बजार माथि उक्लंदा नेप्से १९०७.९५ अंकमा पुगेको छ ।

Advertisement

आज ९५४ कम्पनीका ६५ लाख ३० हजार ६ सय ४३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३ सय ५८.५२ रुपियाँ बराबरको कराोबार भएको हो ।

बजार बढेको दिन  छ्याङ्दी हाइड्रो र भगवती हाइड्रोसहित १० कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । 

undefined

त्यस्तै आज इन्फिनिटी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी २.४७ प्रतिशतले घाटा व्यहोरेका छन् । आज ४० कम्पनीबाहेक अरुको शेयरमूल्य बढेको हो ।

सोनापुर मिनिरल्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ११ करोड ६६ लाख ६७ हजार २ सय ६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement