शेयर बजारमा झिनो अंकको गिरावटः एक अर्ब २८ करोडमा समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि ओरालो लागेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.१७ अंकले घटेको हो । ०.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८९४.५३ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २९० कम्पनीका ४७ लाख २७ हजार ९ सय २ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड २ लाख २८ हजार ९ सय ७१.८६ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजारघटे पनि बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९७ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.३३ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ४९ लाख ९८ हजार सय ६४.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन आइतबार नेप्से ४७.७५ अंकले उचालिंदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३ सय ५८.५२ रुपियाँ र हिजो सोमबार ११.२७ अंकले बजार तल झर्दा १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७ सय ५५.८२ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement