नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ भर्ने बुधबार अन्तिम दिन

Advertisement

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आज मंसिर १० गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिन १३ गते बुधबार अन्तिम दिन हो । 

इच्छुक लगानीकर्ताहरुले बुधबार बैंकिङ समयभित्र आवेदन दिन सक्ने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

Advertisement

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा ११ लाख ४१ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन खुला गरेको हो । 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख १४ हजार १ सय २५ जनाले १०–१० कित्ताको दरले पाउने छन् । 

Advertisement

Advertisement