पिपुल्स पावरको १ः०.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने

Advertisement

काठमाडौं । पिपुल्स पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले १ः०.५ अनुपातमा हकप्रद शेयर जारी गर्नका लागि विद्युत नियमन आयोगसँग पूर्वस्वीकृति लिने निर्णय गरेको हो ।

Advertisement

उक्त कम्पनीले हाल सञ्चालनमा रहेको ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजनाको नियमित मर्मतसंभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न र नयाँ आयोजनामा लगानी गर्न हकप्रद जारी गर्न लागेको उल्लेख गरेको छ ।

हाल उक्त कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपियाँ छ । 

Advertisement

Advertisement