कोलम्विया ब्राण्ड सगरमाथा क्षेत्र नाम्चेमा पनि

Advertisement

काठमाडौं । अमेरिकी आउटडोर ब्राण्ड ‘कोलम्विया’को शाखा सगरमाथा क्षेत्र नाम्चे बजारमा पनि सञ्चालन आएको छ । यसअघि राजधानीको पर्यटककीय क्षेत्र ठमेलमा पहिलो शाखा र पोखरामा दोस्रो शाखा सञ्चालनमा आएको यो ब्राण्ड अहिले नाम्चे पुगेको हो । 

नाम्चेमा सञ्चालनमा आएको ‘कोलम्विया’ ब्राण्डको शोरुमको पहिलो खुम्बु आईसफल डा. लाक्पा गेलु शेर्पाले उद्घाटन गरेका थिए । हिमालयन आउटडोर गियर प्रा.लि. कोलम्बियाको नेपालको आधिकारिक बिक्रेता हो । कम्पनीकी प्रबन्धक दिकिला शेर्पा लामाले ठमेलमा सन् २०१७ देखि र पोखरामा सन् २०१८ देखि कालम्बियाको शाखा सञ्चालनमा ल्याएको बताइन् । 

Advertisement

शेर्पाले भनिन्, ‘पर्यटकहरु पोखरा हुँदै अन्नपूर्ण आधार शिविरलगायत विभिन्न पर्यटकीय क्षेत्रहरुमा पुग्छन् । सोही कारण पनि हामीले यो ब्राण्डको दोस्रो शाखा पोखरामा सञ्चालनमा ल्याएका हौं । पोखरामा सञ्चालनमा ल्याइसकेपछि कोरोना महामारी आयो । अब तेस्रो शाखा कहाँ सञ्चालनमा ल्याउने ? भन्दाखेरी नाम्चेमा खोल्ने योजना बनायौं । नाम्चे सगरमाथा जाने मुख्य द्धार पनि भयो । यो नेपालको एउटा ‘टुरिस्ट हव’ पनि हो । विशेषगरी पदयात्रा, हिमाल आरोहण गर्नेहरुको लागि लक्षित गरेर नाम्चेमा शाखा सञ्चालनमा ल्याएको हो ।’

हिमाल आरोहण र अत्याधिक चिसो ठाउँमा आवश्यक पर्ने कपडा तथा सामग्री पर्यटकीय क्षेत्रमै उपलब्ध गराउने उद्देश्यले कोलम्बिया ब्राण्डको तेस्रो शाखा सञ्चालनमा ल्याएको उनले बताइन् । शेर्पाका अनुसार कोलम्बियाले नेपालमा थप सञ्जाल विस्तार गर्ने सोच बनाएको छ । त्यसै क्रममा नाम्चेमा पनि शाखा थपिएको हो ।’ अमेरिकाको पोर्टल्याण्डमा यसको मुख्य कार्यालय रहेको छ । 

शेर्पाले महिला उद्यमशीलताको विकासका लागि आफू लागेको बताउँदै कोलम्बिया ब्राण्ड अन्य ब्रान्डहरूभन्दा फरक रहेको बताइन् । यसमा प्रविधि र स्टाइल पनि रहेको उनको भनाई छ । आफू महिला उद्यमी संघको सञ्चालक समितिमा पनि भएकोले महिला उद्यमशीलताको विकासको लागि क्रियाशील रहेको बताउँदै शेर्पाले सरकारले ध्यान दिएर मौद्रिक नीति र आयात तथा निर्यातमा पनि विशेष सुधार ल्याउनुपर्ने बताइन् । 

उनले भनिन, ‘महिलाले चाहियो भने जे पनि गर्न सक्छन । नाम्चे जस्तो उचाइमा पनि व्यवासाय गर्न सक्छन् भने कुरा पनि एउटा सन्देश दिन खोजेको हो । महिला उद्यमीहरुलाई पनि अलिकति सहज वातावरण गरिदिए उनीहरुले गर्न नसक्ने भन्ने केही पनि छैन् । सरकारले महिलाहरुको लागि सहज वातावरण सिर्जना गरिदिनुपर्छ ।’ 

शेर्पाले कोलम्बिया ब्राण्डको नाम्चे स्टोर विश्वको सबैभन्दा उच्च स्थानमा रहेको आउटडोर स्टोर भएको पनि दावी गरिन् । यो स्टोर तीन हजार ६६५ मिटरको उचाइमा रहेको बताइन् । निकट भविष्यमा नेपाल र भुटानका अन्य क्षेत्रहरूमा पनि यो ब्राण्डको शाखाा विस्तार गर्ने जना रहेको उनले बताइन् ।

null

Advertisement