नेप्से १८३७.७१ अंकमा ओर्लियोः बजार दोहोरो अंकले घट्दा डेढ अर्बको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार ओरालो झरिरहेको छ । आज पनि बजारमा दोहोरो अंकको गिरावट आएको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.१० अंकले घटेको हो । ०.५४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८३७.७१ अंकमा झरेको छ ।
 
आज २९२ कम्पनीका ४६ लाख ९८ हजार ६ सय ८२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४ सय ३८.३४ रुपियाँ बराबरको कारोबार भएको छ ।

Advertisement

समग्रमा बजार घटे पनि एक हाइड्रो कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । सिंगटी हाइड्रोका लगानीकर्ताहरुले १० प्रतिशत नाफा कमाएका हुन् । 

त्यस्तै विशाल बजार कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.५३ प्रतिशतले घाटा व्यहोरे । 

आज माउन्टेन इनर्जीको उच्च कारोबार भयो । उक्त कम्पनीको ३६ करोड २९ लाख ५७ हजार ६ सय २४.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   

साताको पहिलो दिन आइतबार ७.२९ प्रतिशतले बजार घट्दा ९६ करोड ४० लाख १० हजार ४ सय ३१.२७ रुपियाँ र हिजो सोमबार ३.४२ अंकले बजार घट्दा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८ सय ९४.६९ रुपियाँ बराबरको कारोबार भएको थियो ।
 

Advertisement

Advertisement