हिमालयन पुनर्बीमाको आईपीओमा ‘ओभरसब्सक्रिप्शन’

Advertisement

काठमाडौं । हिमालयन पुनर्बीमा कम्पनीले आईपीओ जारी गर्ने पहिलो चरण पूरा गरेको छ । 

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जारी ३० लाख कित्ता शेयरमध्ये ३४,२११ आवेदकबाट ४५,८४,८१० कित्ता शेयरका लागि आवेदन परेको छ । 

Advertisement

यो अहिलेसम्मको रेकर्ड ब्रेकर ओभरसब्सक्रिप्शन भएको कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ । 

‘जनताले हामीलाई देखाएको विश्वासबाट आभारी छौं र अब कम्पनीलाई अझ उचाइमा पुर्‍याउन थप समर्पित छौं ।’, विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीले मंसिर ४ गते सोमबारदेखि १८ गते सोमबारसम्म आईपीओ निष्काशन खुला गरेको थियो ।  प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपियाँ प्रिमियम थप गरेर रु. २०६ मा आईपीओ जारी गरेको हो । 

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ निष्काशन खुला

 

Advertisement

Advertisement